• २२ भदौ २०८३, सोमबार
  • ९ः१९ राती

लमजुङमा पहिरोले पुरिंदा एकै घरका तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०९:३६

 

National Life

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा दीपक तामाङको घर पहिरोले पुरिंदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घरधनि दीपक तामाङ, उहाँकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको रहेको लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । थापाका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।

Classic Tech Desktop

पहिरोमा पुरिएका तीनैजनालाई निकालेर जिल्ला अस्पताल पुर्‍याएको थियो। ‘अस्पताल पुर्‍याउनासाथ डाक्टरले तीनै जनालाई मृत घोषणा गरेको प्रहरीको जनाएको छ ।

प्रतिकृया