• २२ भदौ २०८३, सोमबार
  • ८ः५४ राती

भारतीय सञ्चारमाध्यमको असत्य प्रचार प्रति पत्रकार महासंघको आपत्ति

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०३:१६

काठमाडौं, भारतको टेलिभिजन च्यानल जी टिभीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राजदूत होउ यान्छीमाथि बनाएको रिपोर्टमाथि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघद्वारा जारी विज्ञप्तिमा जी न्यूजको प्रचार असत्य भ्रामक र कपोलकल्पित भएको उल्लेख छ।

National Life

विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ। यो पित पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासंघको ठहर छ। यस्तो अनर्गल र बकवासपूर्ण कदमको महासंघ कडा शब्दमा भर्त्सना गर्छ।’

महासंघले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

Classic Tech Desktop

 

प्रतिकृया