संक्रमण फैलिन नदिन महालक्ष्मी नगरपालिका तीन वडामा उद्योग व्यवसाय बन्द
प्रकाशित मिति
२०७७ असार २५ गते, बिहीबार ०३:३७
ललितपुर, महालक्ष्मी नगरपालिकाले कोरोनाको संक्रमण फैलिन नदिन तीन वडाका उद्योग व्यवसाय बन्द गरिएको छ । वडा नं. ८ मा संक्रमण बढी फैलिएको भन्दै यस वडा सहित छिमेकी वडा नं ०७ र ०९ का सम्पूर्ण उद्योग व्यवसाय आजदेखि बन्द गर्ने निर्णय गरेको हो ।

वडाहरु भित्र रहेका औषधी र खाद्यान्न पसल बाहेक सम्पूर्ण उद्योग व्यवसाय बन्द र भौतिक दुरि कम्तिमा १ मीटर कायम गरि, खाद्यान्न व्यवसायको हकमा विहान ०७ बजे देखि ०९ बजे सम्मर औषधी पसल र स्वास्थ्य क्लिनिकको हकमा चौविसै घण्टा सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।
उक्त वडाहरुमा रहेका स्वास्थ्य संस्था बाहेकका सबै सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुनेअत्यन्त जरुरी सेवा बाहेक सबै सेवाहरु समेत बन्द गर्न अग्राह गरेको छ ।

सूचना जारी गर्दै नगरपालिकाले नियम उल्लङ्घन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम सम्बन्धित निकायबाट कारवाही गर्ने जनाएको छ ।




प्रतिकृया