• २० भदौ २०८३, शनिबार
  • १ः३५ दिउँसो

सिन्धुपाल्चोक पहिरोका घाइतेहरुको हेलिकप्टरबाट उद्धार

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०४:२४

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ स्थित जम्बुमा गएराति गएको पहिरोमा परी घाइते भएका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। सविना बस्नेत, सुवेश वाइवा तामाङ र बुटीमाया तामाङको उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको छ ।

National Life

घटनास्थल पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले तीन जना घाइतेको उद्धार हेलिकप्टरबाट गरिएको जनकारी दिनुभयोे ।

घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका आन्तरिक मामिला, पर्यटन र कानूनमन्त्रीसहित नेकपा नेताहरू र कांग्रेस नेता विष्णु खत्री हेलिकप्टर चढेर पुग्नु भएको हो । जम्बुमा बाढीपहिरोले अझै १७ जना सम्पर्कविहीन रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घाइतेलाई कैलाश एयरलाइन्सको हेलिकप्टरबाट उद्धार गरिएको हो।

Classic Tech Desktop

पहिरोमा परी अहिलेसम्म दुई जनाको शव भेटिएको छ। २० वर्षीय निकेश बस्नेत र उनकी करिब डेढ वर्षीया छोरी मीनाको शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोले जम्बुमा ११ घर बगाएको छ। बेपत्ताहरूको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ।

प्रतिकृया