• ७ असोज २०८३, बुधबार
  • ४ः०८ बिहान

वर्षाका कारण नेपाल-भारतको २०७ नम्बरको सीमास्तम्भ ढल्यो

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०९:१७

 

National Life

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल-भारतको २०७ नम्बरको सीमास्तम्भ ढलेको छ ।

‘सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ’, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले , ‘जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भार नहुँदा ढलेको बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको उनले बताए ।

सीमास्तम्भ मर्मत हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको थियो ।

प्रतिकृया