• ७ असोज २०८३, बुधबार
  • ३ः३७ राती

उपत्यकाका ७१ ठाउँमा कोरोना संक्रमण

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०८:३१

 

National Life

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ५४ जना, मंगलबार २८ जना र बुधबार २३ जनालाई कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा २ सय ९० जना संक्रमित छन् । तिनमा काठमाडौंका १ सय ९१, ललितपुर ५६ र भक्तपुरका ४३ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंका ३५, भक्तपुरका ८ र ललितपुरका २ जना डिस्चार्ज भएका छन् ।

पछिल्ला तीन दिन संक्रमित देखिएका र ईडीसीडीले ट्राभल हिस्ट्री नभएको भनेर पहिचान गरेका १२ ठाउँको विश्लेषण गर्दा उपत्यकाका ७१ ठाउँका स्थानीयलाई कोरोना पोजिटिभ देखिएको छ । ईडीसीडीका अनुसार काठमाडौंमा ४०, ललितपुरमा २३ र भक्तपुरमा ८ ठाउँमा कोरोना संक्रमण देखिएको हो । विदेशबाट फर्केर होटलको क्वारेन्टाइनमा बसेकाको तथ्यांक यसमा समावेश गरिएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो तीन दिनमा काठमाडौंको कपुराधारा, कपन, चन्द्रागिरि, मैतीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमूल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, बसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु र कुलेश्वरमा संक्रमित भेटिएका छन् ।

त्यस्तै ललितपुरको महालक्ष्मी, लुभु, लगनखेल, महालक्ष्मी स्थान, बुङ्मती, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाउँ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जाउलाखेल, गोटीखेल, कुपन्डोल, ग्वार्को र ठेचोमा संक्रमण पुष्टि भएको छ । भक्तपुरका सल्लाघारी, दुवाकोट, बागेश्वरी, दूधपाटी, बालकोट, गठ्ठाघर, बोडे र भोलाछेंमा संक्रमित भेटिएका छन् । एउटै ठाउँमा एकभन्दा बढी संक्रमित पनि रहेको छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखिएको छ।

प्रतिकृया