• 1:42 am

डा.ईवामुरा मेमोरियल अस्पतालले सेवाग्रहीलाई अनलाइन मार्फत ल्याबका रिपोर्ट उपलब्ध गराउने

प्रकाशित मिति

२०७७ असार २४ गते, बुधबार ०३:००

भक्तपुर, बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसहरुबिच सामाजिक दुरी कायन गर्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्थामा नेपाल सरकारले अत्यावश्यक बाहेकका काममा घरबाट ननिस्किन र धेरै भिडभाड नजना अनुरोध गरेको छ ।

यहि कुरालाई मध्यनजर गरी यस डा.ईवामुरा मेमोरियल अस्पतालले सेवाग्रहीहरुका लागि अनलाइन मार्फत ल्याबका रिपोर्टहरु फोनमा डेलिवरी गर्ने व्यवस्था सुरु गरेको अस्पतालका बजार ब्यवस्थापक जीवन मारिखुले बताउनुभयो ।

अस्पतालले viber ,whatspps ,wechat ,email जस्ता माध्यकहरुको प्रयोग गरी सो सुविधा दिने उहाँले जानकारी दिनुभयो ।
यो सुविधाका लागि अस्पतालको www.iwamurahospital.com मा गई request lab report मा click गरी त्यसमा आफ्नो डाटा हाल्नुपर्ने हून्छ । त्यसपछि सुनिश्चितताको लागि तपाईलाई confirmation call आउछ र report delivery हुन्छ । यो सेवा बिहान १० देखि बेलूकाको ५ सम्म उपलब्ध रहेको ब्यवस्थापक मारिखुले बताउनुभयो ।

साथै यस अस्पतालले घरमै बसेर डाक्टर सँग परमर्शको सेवा सञ्चालनमा ल्याइएको छ । यो सेवा पूर्व मेची देखि पश्चिम महाकाली सम्मले लिन सक्ने उहाँले बताउनुभयो ।

प्रतिकृया