• २१ भदौ २०८३, आइतबार
  • ५ः०७ बेलुका

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सहसचिव थपलिया

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०८:४४

 

National Life

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियाले पाएकी छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएका हुन् ।

Classic Tech Desktop

यद्यपि उनको जिम्मेवारी अहिले अर्को व्यवस्था नभएसम्मका लागि मात्रै भनिएको छ । गत १७ असारमा कार्यकारी निर्देशक रहेका रमेश कुमार पोखरेलले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भइसकेको छैन ।

आर्थिक बर्षको अन्त्यमा राजीनामा दिँदा थुप्रै कामहरु रोकिएको भन्दै तत्काल काम चलाउनका लागि उनलाई सो नियुक्ति दिइएको मन्त्रालयले जनाएको छ। बीमा बोर्डको कार्यकारी निर्देशकको पद खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रावधान छ ।

प्रतिकृया