• २० भदौ २०८३, शनिबार
  • २ः२५ दिउँसो

कैलालीमा ओली र प्रचण्ड पक्षधरबीच झडप

प्रकाशित मिति

२०७७ असार २३ गते, मंगलवार ०८:२३

 

National Life

कैलाली । नेकपा अध्यक्षहरु केपि शर्मा ओली र प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको छ ।

नेकपा अध्यक्ष केपि शर्मा ओली पक्षधरहरुले आज करिब ५ बजेतिर लम्कीचोकमा प्रधानमन्त्री पदको बचाउ गर्दै र्याली निकालेका थिए ।

Classic Tech Desktop

र्यालीसहित कोणसभा गरिरहेका समयमा प्रचण्ड पक्षधरहरु आएर आक्रमण गरेका थिए । सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपि शर्माओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर २ दर्जन बढी युवाहरुले प्रर्दशनमा उत्रिएका थिए ।

देशको मुहार फेर्नु छ साथी, पार्टी भन्दा राष्ट्र माथि, राष्ट्रीय स्वाभिमान कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा लेखेका प्ले कार्ड सहित ओली पक्षधरका युवाहरु सहभागिता थियो ।

समाजको तर्फबाट के।पि शर्माओली पक्ष निकट मानिदै आएका सम थापाले प्रधानमन्त्रीको बचाउ गर्दै गरेको भाषण लगतै बोल्न माईक समाएका लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गर्दै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाए ।

दुई तिहाईको सरकारलाई आफ्नै साथीहरुले ढलाउन खोजेको भन्दै आक्रोस पोखि रहेकाबेला प्रचण्ड निकटका केहि युवाहरु खड्कामाथि खनीएका थिए ।

ओली पक्षधरहरुले आफुमाथि प्रचण्डका पुर्व लडाकुहरुले नियोजित रुपमा आक्रमण गरेको आरोप लगाए । माहोल साम्य पार्न प्रहरीलाई हम्मे हम्मे परेको बताइएको छ ।

प्रतिकृया