• २३ भदौ २०८३, मंगलबार
  • १२ः२६ राती

बझाङ पहिरो अपडेटः दुई जनाको शव भेटियो

प्रकाशित मिति

२०७७ असार २० गते, शनिबार १२:१८

बझाङ, बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा शनिबार बिहान गएको पहिरो पुरिएका दुई जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता छन् ।

National Life

शनिबार बिहान २ बजेतिर गएको पहिरोले १८ घर पूर्ण रुपमा बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । मृतक दुवै जनाको सनाखत हुन सकेको छैन ।

पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना गाउँलेको सम्पर्कमा आएको घटनास्थलमा रहेका स्थानीय लोकेन्द्र विकले बताए । अहिले स्थानीयले पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गरिरहेको उनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेका अनुसार जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तथा कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्न प्रयासरत रहेका छन् ।

खोलैखोलाको बाटो हुँदै मल्लेसी जानुपर्ने र माथिबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको हो । पहिरोले त्यो गाउँ जाने बाटोसमेत बगाएकोले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डीएसपी गणेश बमले जानकारी दिएका छन् । यद्यपि त्यहाँ उद्धार टोली पुग्नका लागि अझै समय लाग्न सक्ने उनले बताए ।

प्रतिकृया