• ३ साउन २०८३, आइतबार
  • ९:२२ बिहान

गायक आभास श्रेष्ठको स्वरमा ‘सल्लाघारीमा ’ गीतले दर्शकको मन जित्दै

प्रकाशित मिति

२०७७ असार १९ गते, शुक्रबार ०५:५०

काठमाडौं, सुमधुर स्वरका धनी गायक आभास श्रेष्ठ लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । आधुनिक गीतका केही गीति एल्बमहरु समेत सार्वजनिक गरिसकेका यी गायकले लकडाउन प्रारम्भ हुनुभन्दा केहीअघि नै यूट्युबमार्फत ‘सल्ला घारीमा’ गीतकोम्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

अहिले आएर उक्त गीतले दर्शकको मन जित्न थालेको छ। उक्त गीतलाई टंक तिमल्सिनाले संगीतबद्ध गरेका छन् भने गीतका संगीत संयोजक पनि उनी नै हुन् ।

Kamana Sewa

गीतका शब्दहरु राज कुमार समालले रचना गरेका हुन् । यो लोकपप शैलीको गीतमाको म्युजिक भिडियो पनि आकर्षक बनेको छ ।

Classic Tech Desktop

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने प्रकाश खड्का यसका कोरियोग्राफर हुन् । मिलन विश्वकर्माले भिडियोलाई सम्पादन तथा कलर करेक्सन गरेका छन् । भिडियोमा अभिषेक खड्का तथा नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।

यो भिडियोलाई टंक तिमिल्सिना प्रोडक्सनले निर्माण गरेको हो । उक्त गीतलाई टंक तिमल्सिनाले संगीतबद्ध गरेका छन् भने गीतका संगीत संयोजक पनि उनी नै हुन् ।

 

https://www.youtube.com/watch?v=kyKeZ6Fk97w&feature=emb_title

प्रतिकृया