• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

ठमेलका व्यवसायीलाई ५० प्रतिशत घरभाडामा छुट

प्रकाशित मिति

२०७७ असार १८ गते, बिहीबार १०:०९

काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच छ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको छ ।

पर्यटन क्षेत्रका २२ संस्थाले आज ठमेलमा संयुक्त पत्रकार सम्मेलन गरी ठमेलका घरधनीसँग भएको सहमति अनुसार एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको जनाएका हुन् ।

Kamana Sewa

कोरोना भाइरस महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुदाँ त्यस क्षेत्रमा २७० कोठा तथा सटर खाली भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

Classic Tech Desktop

परिषदद्वारा गठित कोरोना भाइरस पर्यटन व्यवसायी विपत् समन्वय समितिको पहलमा ठमेल क्षेत्रका ३५० व्यवसायी र घरधनीबीच भाडा छुटको समझदारी भएको समितिका संयोजक भवी शर्माको भनाई छ।

शर्माका अनुसार ठमेल क्षेत्रको व्यवसाय, व्यवसायी तथा घरधनीलाई जोगाउन सञ्चारलगायत सबै क्षेत्रको सहयोगको अपेक्षा गरिएको पनि बताए।

लकडाउनका कारण तीन महिनाभन्दा बढी समयदेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको बताएका छन्।

ठमेललगायत सम्पूर्ण पर्यटकीय क्षेत्रका व्यवसायीहरुले बन्दाबन्दी शुरु भएको मितिदेखि उपयोग गर्दै आएका र कम्तीमा एक वर्ष सम्मका लागि विद्युत् महसुलको ५० प्रतिशत छुट र विद्युतको युनिट उठेको मात्र शुल्क लिनका लागि सम्बन्धित निकायमा अनुरोधसमेत गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ठमेल क्षेत्रमा २०० भन्दा बढी घरधनी र १० हजार व्यवसायी बताइएको छ ।

सम्झौतामा हस्ताक्षर गर्ने संस्थाहरुमा परिषद्, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान), नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ र नेपाल एसोसिएशन अफ र्‍यायाफ्टीङ एजेन्सी, नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, टुरिष्ट बस एसोसिएशन अफ नेपाल, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल, नेपाल निर्यात परिषद्, विदेशी मुद्रा व्यवसायी सङ्घ नेपाल, कैलाश यात्रा सङ्घलगायत रहेका छन् ।

प्रतिकृया