• ९ असोज २०८३, शुक्रबार
  • ६ः०८ बेलुका

आज इन्धनको मूल्यवृद्धि, कस्को कति पुग्यो

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार १०:३९

 

National Life

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धि मंगलबार राति १२ बजेदेखि लागु हुनेछ ।
आज निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । भोलिबाट पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको हो ।

मूल्य समायोजन पछि पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ८७ रुपैयाँ कायम गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

प्रतिकृया