• २२ भदौ २०८३, सोमबार
  • ८ः३५ राती

चीनसँग सीमा सम्बन्धी कुनै विवाद छैनः परराष्ट्र मन्त्रालय

प्रकाशित मिति

२०७७ असार १२ गते, शुक्रबार ०५:४०

 

National Life

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाल-चीनबीच सीमा सम्बन्धी कुनै पनि समस्या नभएको जनाएको छ ।

मन्त्रालयले नेपाल-चीनबीच सीमा सम्बन्धी कुनै पनि समस्या उब्जिए द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने जनाएको छ ।

Classic Tech Desktop

संचारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त कुरा जनाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले सीमा विवादका बारेमा ५ अक्टुबर १९६१ मा समाधान भएको बताएको छ। नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि बिहीबार परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको बताएको छ ।

कुनै सीमा समस्या देखिएमा दुवै मुलुकका सम्बन्धित निकायबीच आपसी सहमतिमा नै सल्टाउने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनले विभिन्न जिल्लामा नेपाली भूमि मिचेको भन्दै फिर्ता ल्याउन मागसहित बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही सांसदहरूले संघीय संसद प्रतिनिधिसभामा संकल्प प्रस्तावसमेत दर्ता गराएका थिए ।

प्रतिकृया