• 4:18 pm

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षा सम्भावना

प्रकाशित मिति

June 25, 2020

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो र साँझ पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज दिउँसो देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आज साँझ देशको सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिकृया