• ७ असोज २०८३, बुधबार
  • ७ः३० बिहान

भारतसहित तेस्रो मुलुकबाट १० महिनामा २८ करोडको बेसार आयात

प्रकाशित मिति

२०७७ असार ११ गते, बिहीबार ०९:१३

काठमाडौं । नेपालीले दाल–सब्जी पकाउँदा प्रायः छाकपिच्छे प्रयोग गर्छन्, बेसार। औषधीय गुण भएको त्यही बेसारमा पनि नेपाल आत्मनिर्भर छैन। हुन त यसको आयात परिमाण सानो देखिन्छ। तर, त्यसबापत बाहिरिने नेपाली रुपैयाँ भने ठूलै छ।

National Life

बेसार खेतीमा आवश्यक लगानी नहुँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा आयात हुन्छ। मुख्यतः ताजा, धुलोसहित विभिन्न स्वरूपमा बेसारलाई ल्याउने गरिन्छ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० महिनामा म्यानमार र भारतबाट २७ करोड ९५ लाख ११ हजार रुपैयाँको बेसार ल्याइएको छ। त्यसको परिमाण भनेको २१ लाख ७९ हजार ८ सय ५७ किलो हो। योे अवधिमा नेपालबाट ११ सय २९ किलो मात्र निर्यात भएको छ। त्यो भनेको ३० हजार रुपैयाँबराबरको हो। यो वर्ष नेपालमा ९ हजार ७ सय ९५ हेक्टरबाट ९९ हजार ९ सय ७ टन बेसार उत्पादन भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको उपचारमा बेसार महत्वपूर्ण रहेको बताउँदै आएका छन्। उनले गत बिहीबार राष्ट्रियसभा बैठकमा बेसारपानी पिउँदा कोरोना ठीक हुने बताएका थिए। बेसार कसरी र किन खाने रु यसको सेवन गर्दा के फाइदा हुन्छ रु यस्ता विषयमा ओलीले लामो अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा ९८ लाख १० हजार रुपैयाँको १ लाख ५ हजार २९ किलो ९१०५ टन० ताजा बेसार आयात गरियो। ३ करोड ७१ लाख ९८ हजार रुपैयाँको २ लाख २५ हजार ७ सय ४१ किलो ९२२५ टन० धुलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँको १८ लाख ४९ हजार ८७ किलो ९१ हजार ८ सय ४९ टन० अन्य प्रकारको बेसार आयात भएको हो।

२०७५÷७६ मा २६ करोड १९ लाख ७० हजार रुपैयाँको ताजा, धुलो र अन्य प्रकारको बेसार आयात गरिएको थियो। त्यसको परिमाण भनेको २० लाख १२ हजार ६ सय हो। त्यसमध्ये अन्य प्रकारको बेसार २० करोड ६८ लाख ९३ हजार रुपैयाँको १६ लाख १९ हजार ७ सय ६९ किलो थियो। यस्तै, ३ करोड २० लाख ५० हजार रुपैयाँको २ लाख १ हजार ८ सय ३ किलो धुलो र २ करोड ३० लाख २७ हजार रुपैयाँको १ लाख ९१ हजार १ सय २४ किलो ताजा बेसार आयात भएको थियो। गत आवमा १० हजार १ सय ६० हेक्टरमा ९८ हजार ९ सय ४ टन बेसार नेपालमा उत्पादन भएको छ ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखिएको छ ।

प्रतिकृया