• ४ साउन २०८३, सोमबार
  • ७:३१ बेलुका

अदालतको अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

प्रकाशित मिति

२०७७ असार ११ गते, बिहीबार ०८:४७

 

काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

Kamana Sewa

कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिक आदेशको अवहेलना गरेकोबारे जवाफ दिन प्रधानमन्त्री ओलीलाई सर्वोच्च अदालतले आदेश दिएको हो ।

Classic Tech Desktop

बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दियएको हो वा होइन भन्ने विषयमा आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो ।

आदेश प्राप्त भएको मितिबाट १५ दिन भित्र अदालतमा उपस्थित भइ वा आफ्नो कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न प्रधानमन्त्रीलाई सर्वोच्चले आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा समेत निवेदक रहेको उक्त मुद्दामा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शर्मा र डा। चन्द्रकान्त ज्ञवाली, अधिवक्तहरु खगेन्द्र सुवेदी, विष्णु भुसाल, कमल कोइराला, सन्तोष भण्डारीको बहस सुनेपछि सर्वोच्चले आदेश दिएको हो ।

प्रतिकृया