• ४ साउन २०८३, सोमबार
  • ७:१७ बेलुका

आज पूर्व प्रधानमन्त्रीद्धय खनाल र भट्टराईले अन्तराष्ट्रिय योग दिवस साप्ताहीक कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै

प्रकाशित मिति

२०७७ असार १० गते, बुधबार १२:२९

नबराज काफ्ले
भक्तपुर,यही असार ४ गते का दिन शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले जुम वेबिनार मार्फत उदघाटन गरि शुभारम्भ गरिएको छैटौ अन्तराष्ट्रिय योग दिवस–२०७७ (जुन २१,२०२०)को समापन कार्यक्रमलाई नेपाल सरकारका पूर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल र बाबुराम भट्टाराईले सम्बोधन गर्नुहुने आयोजक समितिले जनकारी दिएको छ ।

सप्ताहाव्यापी दिवसीय कार्यक्रम आयोजक समितिले संयुक्त राष्ट्रसंघबाट प्रेषित छैटौ अन्तराष्ट्रिय योग दिवसीय नारा “घर–घरमा योग,परिवार सँग योग” भनि प्रचारमा ल्याइएको उक्त नारामा केहि त्रुटी देखिएकोले सच्याएर मात्र सयूंक्त राष्ट्रसंघबाट तय गरिएको नारा “स्वास्थ्यको लागि योग,परिवार सँग योग”लाई जोडी दिवसीय कार्यक्रम मनाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ । सप्ताहाव्यापी रुपमा मनाईदै आएका आगामी कार्यक्रमहरुमा पनि सोहि नारालाई जोडी दिवसीय कार्यक्रमलाई मनाईने आयोजक समितिले जनाएको छ ।

Kamana Sewa

आज बेलुकी ठीक ५ बजेबाट शुरु गरिने निर्धारित समापन कार्यक्रममा नेपालका सम्पुर्ण यौगिक संघ संस्थाहरु,योग क्षेत्रका विज्ञ व्यक्तित्वहरु,सरकारी एवं गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु ,विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरु,विभिन्न राजनैतिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहने कार्यक्रम आयोजक व्यवस्थापन समितिका सदस्य डा क्षितिज बराकोटीले जनाकारी गराए ।

Classic Tech Desktop

हरेक दिन विहान र बेलुका गरि दुई सत्रमा सञ्चालन गरिदै आएको कार्यक्रमहरुमा योग,ध्यान,प्राकृतिक चिकित्सा,आर्यूवेद लगायतका असाध्यै मह्त्वपुर्ण विधाहरुमा केन्द्रित रहि विशेष प्रवचन,प्रर्दशन लगायतका कार्यक्रमहरु प्रस्तुत गरिदै आएको व्यवस्थापन समितिका सदस्य डा सुवास घिमिरेले जनाकारी दिए ।

कार्यक्रम आयोजक व्यवस्थापन समितिका सदस्य बालमुकुन्द सुवालले कोभिड १९को कारण विक्षिप्त बनेको मानसपटललाई उर्जाशिल बनाउन छैटौ अन्तराष्ट्रिय योग दिवसका कार्यक्रमहरु कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै देशका हरेक नागरिकहरुले प्रत्येक दिनलाई योग दिवसको रुपमा मनाउन पर्ने धारणा राखेका छन ।

समापन कार्यक्रममा आयोजक समिति मार्फत जुन १८ देखि महत्वपुर्ण विषय वस्तुहरुमा प्रस्तुती गर्नुहुने योगी,ध्यानी,ज्ञानी व्यक्तिहरु,संघ संस्थाहरु लगायतलाई विशेष धन्यवाद ज्ञापन प्रकट गर्दै विशेष संंकल्प प्रस्ताव पारित गर्ने कार्यक्रम समेत तय गरिएको हुदा निर्धारित कार्यक्रममा जुम वेबिनार मार्फत सहभागीताको लागि देश विदेशको विभिन्न भूगोलमा रहनुहुने सम्पुर्ण योगप्रेमीहरुलाई व्यवस्थापन समितिका सदस्य योगाचार्य सुवोध सिंखडाले अनुरोध गरेका छन ।

जुम वेबिनार मार्फत निर्धारित कार्यक्रममा सहभागी हुन वैठक आईडी २६९१४९५४०९ र पासवर्ड ६८६४४८ को प्रयोग गर्न सकिने कार्यक्रम प्राविधक संयोजक अर्जुन राखेलले अपिल गरेका छन ।

प्रतिकृया