• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

कैलालीको भजनी नगरपालिकामा लोपोन्मुख पन्छी सारस देखिए (फोटो फिचर)

प्रकाशित मिति

२०७७ असार ८ गते, सोमबार ०५:३८

सरिता चौधरी,
भजनी, कैलालीको भजनी नगरपालिकामा लोपोन्मुख पन्छी सारस देखिएको छ । भजनी नगरपालिका वडा नं.३ पकडियाको फाँटमा साँरस चराको भाले र पोथी आज देखा परेका हुन । यो क्षेत्रमा सुन्दरफाँट र रमाणिय वातावरण रहेकाले लोपोन्मुख पन्छी देखा पर्न थलेका छन् ।

यो चरा निक्कै अग्लो हुन्छ । उड्न सक्ने चरामध्ये यो नै सबैभन्दा अग्लो हो । अग्लो र ठूलो हुने भएकैले यसले धेरै उचाइमा उडान गर्न सक्दैन । सारस ४० देखि बढीमा ५० फिट उचाइमा मात्र उड्न सक्छ । करिब १० किलोसम्म तौल हुने सारस साढे ५ फिट अग्लो हुन्छ । यसले दुवैतिरका पखेटा फिँजायो भने १० फिट लामो हुन्छ । सबैभन्दा बढी पखेटा फिँजाउन सक्ने चरा सारस हो ।

Kamana Sewa

विश्वमा १५ प्रजातिका सारस पाइन्छन् । त्यसमध्ये नेपालमा ३ प्रजातिका छन् । सारस जोडी जीवनभर सँगसँगै हुने जनविश्वास छ । कारणबस एउटाको मृत्यु भयो भने अर्कोलाई जीवनसाथी बनाउँदैनन् भन्ने ठानिन्छ । झैगडा नगर्ने भएकाले सारसलाई शान्ति र प्रेमको प्रतीकका रूपमा लिइएको चराविद्हरू बताउँछन् । यो चराको संख्या घट्न थालेपछि सन् २००० मा दुर्लभ पन्छीका रूपमा सूचीकृत गरिएको थियो ।

Classic Tech Desktop

त्यसैगरी यस क्षेत्रका जदीहरुमा वर्षेनी देखा पर्ने ग्यांगेटिक जातका डल्फिन यस वर्ष पनि देखा पर्न थालेका छन् ।

फोटोः गंगराम चौधरीको वालबाट

प्रतिकृया