• 4:39 am

सुशान्त मृत्यु प्रकरणमा सलमान खानसहित ८ जना विरुद्ध मुद्धा दायर

प्रकाशित मिति

२०७७ असार ५ गते, शुक्रबार १२:१८

susant

एजेन्सी, भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा बलिउडका ८ जना चर्चित व्यक्ति विरुद्ध मुद्दा परेको छ । वकील सुधिर कुमार ओझाले सलमान खानसहित निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर, सञ्जयलीला भन्साली, आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशविरूद्ध फौजदारी मुद्दा दायर गरेका हुन्।

सुशान्तको मृत्यु उनीहरूको कारण भएको भन्दै बिहार अदालतमा मुद्दा दायर गरिएको भारतीय संचार माध्यममा उल्लेख गरिएको छ । बुधबार मुजफ्फरपुर अदालतमा मुद्दा दर्ता भएको र अदालतले आगामी ३ जुलाईमा सुनुवाइ मिति दिएको छ । उनीहरूले सुशान्तका फिल्म रिलिज हुन बाधा पुर्‍याएको मुद्दामा उल्लेख छ ।

प्रतिकृया