• २० भदौ २०८३, शनिबार
  • ४ः०८ बेलुका

भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार ०९:५६

 

National Life

काठमाडौं । भारतमा कोरोना संक्रमित राख्न रेलको डिब्बा प्रयोग गरिने तयारी भएको छ ।

दैनिक १० हजारको दरले संक्रमित बढ्न थालेपछि भारतले राजधानी दिल्लीमा बनाउन लागेको ८ हजार शैय्याको अस्थायी अस्पतालमा रेलका ५०० डिब्बा प्रयोग गरिने भएको हो ।

Classic Tech Desktop

गत अप्रिलदेखि नै रेलका डिब्बाहरूलाई क्वारेन्टाइन वा आइशोलेसन वार्ड बनाउन शुरू गरिएकोमा अब भने अस्थायी अस्पतालको शैयाको रूपमा ५ सय डिब्बा प्रयोग गर्न लागिएको हो ।

भारत अहिले अमेरिका, ब्रजिल र रुसपछि संक्रमित संख्याका आधारमा विश्वकै चौथो स्थानमा परेको छ।भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेहरूको संख्या ९ हजार ९ सय नाघेको छ ।

संक्रमण बढ्दै गएपछि विभिन्न राज्य सरकारले होटल तथा ब्याङ्क्वेट हलहरूमा अस्थायी अस्पताल निर्माण गर्ने योजना बनाउन थालेका छन् ।

प्रतिकृया