• ७ असोज २०८३, बुधबार
  • ११ः५८ बिहान

मदिराले लठ्याएर बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

प्रकाशित मिति

२०७७ असार १ गते, सोमबार ११:२५

 

National Life

सप्तरी । श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट आइतबार(हिजो) एक युवक पक्राउ परेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षकले बताएका छन् ।

पक्राउ परेका आरोपित विद्यालयका कार्यालय सहयोगीसमेत हुन् ।आरोपित मण्डल र विद्यालयको नयाँ भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको अन्दाजी ३५र४० वर्षीय मुन्सीले बलात्कार गरेको भन्दै पीडितकी आमाले असार २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

विद्यालय प्राङ्गणमा निर्माण भइरहेको नयाँ भवनमा मजदूरी गर्ने बालिकालाई आरोपितले पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म अल्मलाएर राखेका थिए ।

रात परेपछि नास्ता खान जोर जबर्जस्ती गरी सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाई खुवाएर लठ्याई बलात्कार गरेको पीडितको पिडितको भनाई छ।

प्रतिकृया