पाकिस्तानका एक मन्त्री नेपालका साहसी जनप्रतिनिधि भन्दै ट्वीट मार्फत बधाई दिए
प्रकाशित मिति
२०७७ असार १ गते, सोमबार ११:१२

काठमाडौं । पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेन चौधरीले अल जजीराको एक समाचार ट्वीट गर्दै नेपाललाई बधाई दिएका हुन् । उनले नेपालीहरुले साहसको काम गरेको भन्दै प्रसंशा गरेका छन् ।
प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापमा समावेश गर्ने गरी संविधानको संशोधन प्रस्ताव पारित गरेसँगै दिपावलीसहित खुशीयाली मनाइएको छ ।
भारतले ऐतिहासिक तथ्य वा प्रमाण नभएको प्रतिक्रया दिइरहँदा पाकिस्तानी एक मन्त्री नेपालीहरुको साहसको प्रसंशा गरेका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सा पारित भएकोमा उनले नेपाललाई बधाई दिएका हुन् ।
उनले ‘नेपालका साहसी जनताका प्रतिनिधिहरुलाई बधाइ । तपाइँहरुले नक्सा संशोधन गर्नुभएको छैन, तपाइँहरुले कथित ठूला देशहरुले गरेको आक्रमण र बदमासीविरुद्ध सम्मानजनक राष्ट्रले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउनुभएको छ ’ भन्दै ट्वीट गरेका छन् ।
प्रतिकृया