• 4:34 pm

नेकपा सचिवालय बैठक बस्दै

प्रकाशित मिति

२०७७ जेष्ठ ३२ गते, आईतवार ०१:२९

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकको मुख्य एजेण्डा एमसीसी परियोजनाबारे छलफल गर्ने रहेको बताइएको छ ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय डा. भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।

सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् । यसका साथै समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रतिकृया