• १ असोज २०८३, बिहीबार
  • ३ः२६ राती

किराना पसलबाट पेट्रोलको कालोबजारी गर्ने तीन जना पक्राउ

प्रकाशित मिति

२०७७ जेष्ठ ३० गते, शुक्रबार ०६:३४

स्याङजा, स्याङ्जाको किराना पसलबाट पेट्रोलको कालोबजारी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

National Life

पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका आमबोटका गौरव प्रधान, बिष्णुमाया शर्मा र सोही नगरपालिका राङखोलाका चन्द्र बहादुर गुरूङ रहेका छन् ।उक्त स्थानका पसलहरूबाट तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरेको भन्ने सूचना आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुले संचालन गरेको पसलबाट जर्किनमा पेट्रोल भरेर अनुचित नाफा लिई बढी मूल्यमा बिक्री गरेको फेला पारेको थियो ।

साथै, गौरव प्रधानको प्रधान किराना पसलबाट १ लिटर दरका भरिएको १९ बोतल पेट्रोल, बिष्णुमाया शर्माको शर्मा किराना पसलबाट १ लिटर दरका भरिएको ९ बोतल पेट्रोल साथै १० लिटरको जर्किनमा भरिएको पेट्रोल १ थान र चन्द्र बहादुर गुरूङको आशिस किराना पसलबाट १ लिटर दरका भरी १४ बोत्तल पेट्रोल प्रहरीले बरामद गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध मुद्धामा म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रतिकृया