महिला हिंसा र समाधानका उपायहरु
प्रकाशित मिति
२०७७ जेष्ठ २७ गते, मंगलवार ११:३६
सरोज खनाल,
महिला हिंसा तथा यौन हिंसा जस्तै दाईजो,बोक्सी, छौपडी लगायत बलात्कार जस्ता कुसंस्कारबाट आजसम्म पनि समाज घेरिईरहेको छ। नेपाल सरकारले विगतदेखि नै महिला, घरेलु र लैंगिक हिंसा अन्त्य गर्न विभिन्न प्रयासहरू गर्दै आईरहेको छ । जसमध्ये महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासम्धि (Convention on the Elimination of All Forms of Discrimination Against Women 1979 AD (CEDAW) लाई २०४७ मा अनुमोदन गरी सो सम्धिको मर्म अनुसार कार्ययोजना तयार गरी सोहि मुताविक आफ्ना कार्यकारवाहीलाई अगाडि बढाउँदै आईरहेको छ। पिछडिएका छेत्रमा महिला हिंसा र यौन हिंसा खेप्दै आएका दलित, विधवा, डिभोर्स गरिएको महिला, मुसलिम महिला, सामाजिक र आर्थिक तवरले पिछडिएका महिला, एकल महिलाहरू पर्न सफल छन्। महिला विरूद्ध हुने हिंसाहरूमा यदि आवाज उठाएपनि पछि गएर अझ हिंसा बढ्ने प्रबल सम्भावना हुँदा धेरैले उजूरी दिन सक्दैनन् र चाँहदैनन् पनि।
महिला हिंसालाई उन्मूलन गर्न धेरै प्रकारका जनचेतनात्मक कार्यक्रमहरू सुरू गरिएको छ । जसमा विवाहपछि हुने बलात्कार, घरेलु हिंसामा श्रीमतीलाई कुटपिट् गर्ने सम्बन्धी जानकारी राख्न, बेचविखन तथा छुवाछुतलाई अन्त्य गर्ने कानुन सम्बन्धी जानकारी राख्न, महिला हिंसाबाट पाईने कम्पेन्सेसन सम्बन्धी जानकारी राख्न सिकाईएको हुन्छ।
महिला हिंसा र यौन हिंसाबाट हुने असर जस्तै सामाजिक, शारिरिक, मानसिक, आर्थिक कमजोरीहरू, डिप्रेशन र आत्महत्या, शारिरिक क्षति र प्रजनन स्वास्थ्य सम्बन्धी हुने समस्या पनि निकै बढ्दै गएको छ। शारिरिक रूपमा कमजोर भएपनि मानसिक रूपमा पुरूषभन्दा बलियो महिलाहरूको सशक्तिकरणसम्बन्धी बहसको विषय भएपनि पितृसत्तात्मक समाजका कारण यो हुन पाउन धेरै असहज भईरहेको छ।
नेपाल सरकारद्वारा सन् २०१२ मा केही ग्रामिण जिल्लाहरूमा महिला तथा यौन हिंसा सम्बन्धी गरिएको एक सर्वेक्षणमा केही तथ्यांकहरू प्राप्त गरिएको थियो।
यस सर्वेक्षणबाट पत्ता लगाइएका तथ्यहरूः
१) ६१ प्रतिशत महिलाहरू कुनै हिंसासम्बन्धी अवगत थिएनन्।
२) २४।८ प्रतिशत महिलाहरू मात्र हिंसाबाट मूक्त हुने सेवासम्बन्धी जानकार थिए।
३) ४० प्रतिशत महिलाहरूले आफूले जिन्दगीमा सहेका हिंसा अनुभव गरे।
४) ५८ प्रतिशत महिलाहरू सोच्थे कि श्रीमतीलाई शारिरिक पिडा दिनु कानुनले प्रमाणित गरिसकेको छ।
५) ६१ प्रतिशत महिला जसले पहिले नै हिंसा सहेर बसेका थिए उनीहरूले अरूसंग यो कुरा खुलेर पोख्न सकेनन्।
६) ९ प्रतिशत महिलामात्र बलात्कार सम्बन्धी सचेत रहेको पाइएको थियो।
७) धेरै पुरूषहरू प्रबल मात्रामा महिला हिंसा सम्बन्धी बनाइएको निती र कार्यक्रमसंग अनविज्ञ थिए।
८) दलित, श्रीमानबाट छुट्टिएर बसेका श्रीमतीहरू धेरै खतरामा थिए।
नेपालमा आजपनि लैंगिक हिंसाको मात्रा बढिरहेको छ जसमा महिलाहरू नै बढी शोषित र पीडित छन्। सन् २०१७ को तथ्यांक अनुसार नेपालमा १४७ जनाको मृत्यु लैंगिक हिंसाबाट भएको थियो जहाँ १४० महिलामध्ये ७५ जना महिलाहरूको घरेलु हिंसाको कारण मृत्यु भयो। सन् २०१६ मा Nepal Demographic Health Survey (NDHS) का अनुसार ७ प्रतिशत १५ देखि ४९ वर्षका महिलाहरूले यौन हिंसाको अनुभव गरे। १२ महिनाभित्र आफ्नो पार्टनरबाट हुने हिंसाको आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन।
बाल विवाह (child marriage) पनि २७ प्रतिशतले बढेको अनुमान रहेको छ। नेपालमा मात्र नभएर भारतमा पनि यौन हिंसा बढ्दै गएको तथ्यांकले जनाउँछ। लैंगिक असमानता सुचक र लैंगिक असमानता भिन्नता सुचक प्रणाली अनुसार भारत १२५ औं र ८७ औं स्थानमा परेको छ। भारतका केही शहरहरू(नयाँ दिल्ली, लखनऊँ, जयपुर, कलकत्ता, मुम्बई, बंगलोर, चेन्नई, पटना, हाईद्राबाद ) महिला हिंसा र यौन हिंसाबाट प्रभावित भईरहेका छन्।
नेपाल र भारत बाहेक मध्य पूर्व र दक्षिण अफ्रिकामा पनि पति, पत्नि र वयश्कविच हुने यौन हिंसा बढेको सुचित गराइएको छ। लेभेननमा शारिरिक हिंसा ३ गुणाले बढेको तथ्यांक रहेको छ जसमा महिलाले पुरूषबाट कुटाई बच्चालाई हुर्काउने बेला खाएको पाईन्छ। सन् २०१७ मा अन्तराष्ट्रिय तवरले ८७००० महिलालाई जानीजानी मारियो जसमा ५०९५८ प्रतिशत महिलाहरू आफ्नो पार्टनर अथवा घरकै सदस्यबाट शोषित भए।
१३७ महिलाहरू विश्वभरमै आफ्नै घरको सदस्यबाट मारिन थाले। ५१ प्रतिशत महिलाहरू बेचविखनबाट प्रभावित देखिए। पश्चिमी र मध्य अफ्रिकामा १० मध्ये ४ जना महिलाहरूको विवाह १८ वर्षमा गरिँदै आएको चलन आजसम्म पनि विध्यमान छ र बाल विवाह हुने मूख्य कारण लामाजिक दवाब, महिलाहरूलाई धेरै क्षेत्रमा अवसर नदिने, पढ्नमा रोकावट र यो सबै कारणहरूले घरेलु हिंसालाई अग्रसर दिने जनाएको छ। आज करिब बीस करोड महिला र केटीहरू जो जीवित छन् उनीहरू आफ्नो योनि विच्छेद गर्नुपर्ने पीडा सहिरहेका छन् जसमध्ये ५ वर्षको उमेरमुनी यो अवैधानिक क्रिया गरिँदै आएको छ। जनसंख्या सर्दै जाने क्रममा महिला यौनांग कर्तनलाई अन्तराष्ट्रिय तरिकाले प्राथमिकता दिइँदै आएको छ।
सन् २०२० सम्म आइपुग्दा महिला, लैंगिक तथा यौन हिंसा बढ्दै गइरहेको छ। बलात्कारीहरूको संख्या बढ्दै गईरहेको छ साथसाथै छाउपढी प्रथाले पनि महिलाहरूलाई सुरक्षा दिनबाट वञ्चित गरिरहेको छ। महिनावारी हुँदा आफ्नो घरबाट छुट्टै टाढा बस्नुपर्दा आफ्नै चिनेजानेका मानिसबाटै बलात्कारको शिकार भइरहेको हामीले सुन्दै आइरहेका छौ।
बिहे गर्दा माईतबाट दाईजो नलिएर आउँदा श्रीमान र उसको परिवारले यौन हिंसा गरेको दुखको खबर पनि हामीले सुन्दै आएका छौ। भर्खर केही दिनअगाडि श्रीमतीले श्रीमानको लिंग उनलाई यौन हिंसा गरेको कारण काटिदिएको खबर हामीले सुनेकै छौ। यो पितृसत्तात्मक समाजमा पुरूषहरूले महिलाहरूलाई उनीहरूको अधिकारबाट वञ्चित महिलाहरूले अधिकार बढी पाए भने पुरूषहरूमाथि नै हैकम चलाउन थाल्छन् भन्ने मानसिकताले नै हिंसाको बोध गराएर आफूभन्दा कम अधिकार दिएर राज गर्न खोजेको पनि हुन सक्छ।
महिलालाई आफ्नो अधिकार उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगार आदिमा अवसर नदिएकै कारण देशमात्र हैन पुरै संसारनै प्रगतिको बाटोमा जानबाट बिख्मुख भएको छ। अहिले सारा विश्व कोरोना भाईरसको त्राश भएका कारण सामाजिक दूर अपनाएर घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने अवस्था भएको बेलामा पनि महिला तथा यौन हिंसा र आत्महत्या जस्ता क्रियाकलापले भने रोकिन नसकेर झन् झन् चरम उत्कर्षतिर आफ्नो दिशा फिजाईरहेको छ।
लैंगिक र यौन हिंसा बढ्दै गएको कारण सरकारले पनि यसको अलि गम्भिर कानुनी प्रक्रियामा ध्यान पुराएर अपराधिक गतिविधी कम गर्न कडा सजाय चयन गराए मात्र यी अपराधिक गतिविधीहरू कम हुन सक्छन्। आजको समयमा महिलाको अस्मितालाई जसरी असभ्य पुरूषहरूले हुडुलिरहेका छन् त्यो हिसाबमा त उनीहरूलाई फासी अथवा आजिवन कारावास होईन, लिंग विच्छेद गरि दिएरै महिलालाई
महिलाहरूलाई आफ्नो अधिकार उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगार आदिमा अवसर दिएमा सिंगो विश्वनै प्रगतितिर लम्किन सक्छ। भनिन्छ नि एउटा पुरूषलाई शिक्षा दिए उ मात्रै शिक्षित हुन्छ तर एक महिलालाई शिक्षा दिए आफ्नो घरलाई मात्र होईन पुरै देशलाई उनले शिक्षित बनाउन सक्ने क्षमता राख्छिन्। महिलाले महिलालाई जन्म दिईन् भन्दैमा लैंगिक हिंसा गर्नुपर्ने कुनै आवश्यकता नै छैन,जुन पुरूषले आफ्नो आमाबुवालाई बुढाबुढी भएपछि वृद्धाश्रम छोड्दिन्छन्, यदि महिला त्यो स्थानमा भएकी भए आफूले शिक्षा गरेर बाबुआमालाई पनि पाल्छिन् र सकि भने आफ्नो श्रीमानलाई पनि पाल्न सक्छिन्। त्यसैले महिलालाई सम्पूर्ण अधिकारहरू बराबर रूपमा पुरूषलाई जस्तै दिएर महिला सशक्तिकरण गरेमात्र उज्वल भविश्यको सपना देख्न सकिन्छ यदि यो स्थिती सृजना नभएको खण्डमा समाज पतनको बाटो जाने निश्चित छ।
(खनाल आर.आर. क्याम्पसमा एम.ए.समाशास्त्र अध्यनरत हुनुहुन्छ ।)






प्रतिकृया