ट्राफिक प्रहरीद्धारा लकडाउनमा थप कडाईः उपत्यकामा ‘लकडाउन’ उल्लङ्घन गर्ने १,५४५ सवारी नियन्त्रणमा
प्रकाशित मिति
२०७७ जेष्ठ २१ गते, बुधबार ११:०६
काठमाडौँ, सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर तपाईं विना काम सवारी चलाईरहनु भएको छ भने तपाईंको सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिनेछ । आम नागरिकहरूकोअत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ । लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडी नलाग्न महाशाखाले जनाएको छ ।
आज मात्रैकाठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने१५८४वटा २ पाङ्ग्रे र २२२वटा पाङ्ग्रे गरी जम्मा१,८०६वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए ।उनले भनेस्-‘आज विहान ६ बजे देखि वेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।’
कोरोना भाईरसको रोकथामतथा संक्रमण रोक्नको लागि नेपाल सरकारले लकडाउन गरेको हो, लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि हो, यसको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकाललेआग्रह गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ ।
काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७,३३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ ।
पास भएकालाई पनि विशेष निगरानी
पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताउनुभयो ।
दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गइरहेको अबस्थामा सडक प्रयोगकर्ताहरुसंग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने ट्राफिक प्रहरीलाई हुन सक्ने जोखिम न्युनिकरण गर्नका लागी ट्राफिक प्रहरी महाशाखाले पिपिई ९पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट० र फेस सिल्ड ९भाईजर० सहित ड्युटी परिचालन गर्नुका साथै सामाजिक दुरी कायम राखि सुरक्षित भई चेकजाँचको व्यबस्था समेत मिलाएको प्रवक्ता एसपी श्रेष्ठले बताए ।






प्रतिकृया