देशभर १३० औद्योगिकग्राम निर्माणमा दुई अर्ब ६४ करोड वजेट
प्रकाशित मिति
२०७७ जेष्ठ १५ गते, बिहीबार ०५:००
काठमाडौ, सरकारले नेपाली सेना प्रहरी तथा निजामति कमचारीका लागि अनिवार्य गरिएका पोसाक उत्पादन स्वदेशबाटै उत्पादन थालिने भएको छ । वजेट वक्तव्यमा आयात प्रतिस्थापन र स्वदेशी कपडा उद्योगको प्रवर्दनका लागि यस्तो कार्यक्रम ल्याइएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । औद्योगीक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रका उद्योगहरुलाई कर सहुलितको व्यवस्था पनि गरिने भएको छ । देशभर एक सय ३० औद्योगिक ग्राम बनाउनका लागि २ अर्ब ६४ करोड रुपैयाँ बिनियोजन गरेको छ।
यसैगरी निर्माणाधिन विशेष आर्थिक क्षेत्रहरुको निर्माणलाई निरन्तरता दिइने बताइएको छ। नवलपरासीको धौवदी फलाम खानीबाट उत्पादन थाल्न पहुँचमार्ग बनाई सक्ने पनि जनाइएको छ । त्यस्तै बैतडी र बजाङमा फस्पोराइड र उदयपुरमा म्याग्नेसाईट उत्पादनको अध्ययन गर्न पनि बजेट विनियोजन गरिएको बजेटमा उल्लख छ । सुर्खेतको पत्थर खानीको काम अघि बढाइने पनि बजेटमा उल्लेख छ। रुघ्ण उद्योगहरुलाई पुनर्उत्थानका लागि सरकार र नीजिक्षेत्र बीच सहयकार्यका आधारमा अगि बढ्ने उल्लेख छ ।





प्रतिकृया