• २५ भदौ २०८३, बिहीबार
  • ३ः०७ दिउँसो

सन्दीप र कुशल २० वर्ष मुनिका उत्कृष्ट क्रिकेटरको सूचिमा

प्रकाशित मिति

२०७७ जेष्ठ १३ गते, मंगलवार ०९:४९

काठमाडौं । सन्दीप लामिछाने र कुशल मल्ल २० वर्ष मुनिका उत्कृष्ट क्रिकेट खेलाडीको सूचिमा परेका छन् ।

National Life

संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुने पत्रिका ‘द नेशनल’ले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट सन्दीप र कुशल परेका छन् ।

२० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा टेस्ट मान्यता प्राप्त देशका खेलाडीको बाहुल्यता रहँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एसोसिएट क्रिकेटबाट यो सूचीमा पर्ने खेलाडीमा यूएई र स्कटल्यान्डका एक–एक जना समावेश छन् ।

यो सूचीमा भारतका धेरै खेलाडी परेका छन् । यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इण्डिज, अफगानिस्तान, बङ्गलादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन् । सन्दीप लामिछाने लेग स्पिनर हुन् भने कुशल मल्ल अलराउण्डर हुन् ।

प्रतिकृया