सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण भएको पुष्टि, कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो
प्रकाशित मिति
२०७७ जेष्ठ १३ गते, मंगलवार १०:४१
सुर्खेत । आज सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
आज थपिएका संक्रमित मध्ये ८ जना वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा(८ का २ जना र २ जना सिम्ता गाउँपालिकाका रहेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा।डम्बर खड्काले जानकारी दिए ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित सुर्खेतका वीरेन्द्रनगर–१ का १६ वर्षीय पुरुष, वीरेन्द्रनगर–२ का ९ वर्षीय बालक, २०, ३२, ३६ वर्षीय पुरुषहरु र ३२ वर्षीया महिला छन् । यस्तै वीरेन्द्रनगर– ३ का ४६ वर्षीय पुरुष र वीरेन्द्रनगर–६ का २६ वर्षीय पुरुष छन् । यस्तै भेरीगंगा–८ का १६ र ७ वर्षीय पुरुष र सिम्ताका ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको प्रदेश सरकारले जनाएको छ ।







प्रतिकृया