• ८ असोज २०८३, बिहीबार
  • ३ः५३ राती

पाकिस्तानमा सङ्क्रमित हुने ५६ हजार नाघ्यो

प्रकाशित मिति

२०७७ जेष्ठ १२ गते, सोमबार १२:५२

एजेन्सी, पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको संख्या बढ्दै गएको छ । पाकिस्तानमा सङ्क्रमितको संख्या ५६ हजार ३४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४८ सङ्क्रमित थपिएका बताइएको छ ।

National Life

पाकिस्तानमा सङ्क्रमित मध्येका १ हजार १६७ व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । पाकिस्तानमा आइतबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ ।

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस सङ्क्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सङ्क्रमितमध्ये १७ हजार ४८२ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले विभिन्न अस्पतालमा ३७ हजार ७०० जना सङ्क्रमितले उपचार गराइरहेको जनाएका छन् ।

प्रतिकृया