• ७ असोज २०८३, बुधबार
  • १२ः५५ राती

५० शैयाको कोरोना अस्पताल सेती अस्पताललाई हस्तान्तरण

प्रकाशित मिति

२०७७ जेष्ठ १२ गते, सोमबार १२:०३

धनगढी, विश्व नै कोरोना (कोभिड–१९) को महामारीले आक्रान्त भएको छ । यस्तो अवस्था स्थानीय तह देखि केन्द्र तह सम्म विभिन्न स्थानमा आइसोलेसन तथा कोरेन्टाइन बनाउने कार्य जारी छ । सोही क्रममा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ५० शय्याको कोरोना अस्पताल भवनको निर्माण सम्पन्न भएको छ। कोरोना संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि प्रदेश सरकारले वडा प्रहरी कार्यालय नजिक ५० शय्याको आइसोलेसन वार्ड निर्माण गरेको हो ।

National Life

नवनिर्मित वार्डलाई आज प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । अब संक्रमित र आइसोलेसनमा राखिएका बिरामीलाई नयाँ वार्डमा सारेर उपचार गरिने सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

सेती अस्पतालमा आइसोलेसनमा रहेका संक्रमित र शंकास्पद बिरामीलाई नयाँ वार्डमा सारिने बुझिएको छ। सेती अस्पतालमा हाल पाँच जना कोरोना संक्रमित र दुई जना शंकास्पद बिरामीको उपचार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल सम्म नेपालमा ६७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी १०५ जना कोरोना संक्रमणबाट निको भइसकेका छन् भने तीनको मृत्यु भएको छ ।

प्रतिकृया