• २७ भदौ २०८३, शनिबार
  • ९ः२७ बिहान

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु , एक जना घाइते

प्रकाशित मिति

२०७७ जेष्ठ ११ गते, आईतवार ११:०९

 

National Life

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् ।

आइतबार बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल चालक र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनामा पहिलो मोटरसाइकलका चालक मनोज दुलाल र दोस्रो मोटरसाइकलका पासाङ तामाङको मृत्यु भएको हो। साथै दुर्घटनामा दुलालकी आमा मथुरा दुलाल गम्भिर घाइते रहेको लम्सालले बताए । घाइते मथुराको अहिले ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको उनले बताए।

उनका अनुसार तामाङ टोखा नगरपालिकाकै वडा नम्बर ९ का बासिन्दा हुन् भने दुलाल वडा नम्बर १ का बासिन्दा हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया