• 1:00 am

लकडाउनले पठन–पाठनका वैकल्पिक माध्यमहरूको उपयोग सम्वन्धमा ल्याएको तरङ्गः सन्दर्भ प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम

प्रकाशित मिति

May 23, 2020

ई.अनोज भट्टराई,

“सीपयुक्त जनता समृद्ध नेपाल(समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय चाहना पुरा गर्न शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउदै सक्षम, प्रतिस्पर्धी, नैतिकवान एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने दिशामा नेपालको समग्र शिक्षा प्रणाली रुपान्तरित हुनु पर्ने वहस चलिरहेकै अवस्थामा विश्वव्यापी कोरोनाभाइरस महामारीले लकडाउनसँगै फेरी अर्को तरङ्ग ल्याएको छ। अवको बाटो के हुनेरु के कहिले कोरोना प्रकोप सकिएला र पठनपाठन गराउँला भनेर ढुकेर वस्ने र फेरी पनि विद्यार्थीहरूलाई विद्यालयमा अनिवार्य उपस्थिति गराएर “प्रिजेन्ट सर, प्रिजेन्ट मिस” भनाउदै घोकन्ते शैलीमा पठनपाठन गराउने, वा सिकाईका वैकल्पिक माध्यमहरू कार्यान्वयनमा ल्याउने? यी र यस्तै प्रश्नहरूको समय सान्दर्भिक तथा व्यावहारिक उत्तर खोजी गरी कार्यान्वयनमा ल्याउन पर्ने भएको छ।

वैकल्पिक माध्यमहरू

डा. विद्यानाथ कोइरालाले वैशाख २, २०७७ को एक दैनिकमा प्रकाशित लेख “यसरी घरमै पढाइ” मा विद्यार्थीहरूको वर्ग ७ घेराको हुन्छन् र सवै घेराकालाई फरक–फरक तरिकाले पढाउनुपर्छ भनि उल्लेख गर्नु भएको छ। पहिलो वर्ग रेडियो, टेलिभिजन, कम्प्युटर, इन्टरनेट जस्ता सुविधाहरूको पहुँचबाट वञ्चित छ। यस्तो वर्गलाई विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको जस्तो सामाजिक दुरी कायम राखेर शिक्षक–प्रशिक्षकको प्रत्यक्ष संलग्नतामा पठन–पाठन गर्नु गराउनुपर्ने कुरा गर्नु भएको छ।

दोस्रो, तेस्रो, चौथो र पाचौं वर्गको पहुँचमा क्रमशः रेडियो, टेलिभिजन, टेलिफोन र इन्टरनेट नभएको कम्प्युटर छ, जोसँग जे छ त्यही माध्यमबाट शिक्षक–प्रशिक्षकको भौतिक अनुपस्थितिमा पढाउने र छैठौं वर्ग अनलाइनको पहुँच भएका विद्यार्थीहरू छन्, यिनीहरूलाई अनलाइनको माध्यमबाट पढाउन सुझाउनु भएको छ। सातौं वर्ग सुविधा सम्पन्न वर्ग हो, यो वर्गलाई विद्यार्थीहरूको रुची अनुसार जुनसुकै माध्यमबाट पनि पठन–पाठन गर्न–गराउन सकिने उल्लेख गर्नु भएको छ। त्यसै गरी घोकेर, चोरेर, ठगेर, तर्साएर, तेर्साएर उत्तीर्ण हुने पुरानो बुद्धि भत्काएर खोज्ने प्रश्न, सोध्ने प्रश्न, सारेर लेख्नुको सट्टा कोट गर्ने वा प्याराफेज गर्ने, सोध गर्ने, खोज गर्ने, आलोचना गर्ने, विश्लेषण गर्ने जस्ता तरिका सिकाउने र सोही अनुरुप सिकाईको मापन गर्ने सुझाव दिनु भएको छ।

हामीले मनन गर्नु पर्ने कुरा के छ भने तत्कालै डा. कोइरालाले भन्नु भएको जस्तो उपायलाई कार्यान्वयनमा ल्याउन के कुराले छेकेको छ त? के हामीमा इच्छाशक्ति नभएर हो? के पर्याप्त नीति, नियम–कानून, पूर्वाधार, संरचना वा शिक्षक–प्रशिक्षकहरूमा क्षमता नभएर हो अथवा कुनै दातृ निकायले सहयोग गरोस् अनि सोचौंला भन्ने खाले विकासे वुद्धि पलाएर हो? के ले रोक्यो त? के कसैको सहयोग विना हामी आफै गर्न सक्षम छैनौ ररु के यो साधारण शिक्षामा मात्र सम्भव छ वा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा समेत प्रभावकारी हुनसक्छ?

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा वैकल्पिक माध्यमहरू उपयोगका सम्भावना

युनेस्कोले दिएको परिभाषा अनुसार, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम भन्नाले, सामान्य शिक्षाको अतिरिक्त प्रविधि र यससँग सम्बन्धित विज्ञानको अध्ययन हो। यो व्यवसायसँग सम्बन्धित व्यावहारिक सीप, मनोवृत्ति, दृष्टिकोण, समझ र ज्ञानको अध्ययन तथा अभ्यास हो। जुन काम र जीवनमा अर्थपूर्ण सहभागिताको लागि अपरिहार्य छ। यो परिभाषा अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विशिष्ठ प्रकृतिको शिक्षा भएकोले साधारण शिक्षाको लागि जति मात्र सोचेर पुग्दैन। यद्यपी, साधारण शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको एउटा अंश भएकोले र व्यवहारीक सीपको अतिरिक्त केही प्रतिशत सैद्धान्तिक ज्ञानको पनि आवश्यक पर्ने भएकोले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा पनि माथि उल्लेखित सात वटै वैकल्पिक माध्यमहरूको केही हदसम्म उपयोग गर्न सकिने देखिन्छ।

सामान्यतयाः प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका प्रयोगात्मक विषयवस्तुहरू तल उल्लेखित प्रश्नहरूको उत्तर पहिचान गरी सोही अनुरुप उपयुक्त विधिबाट प्रशिक्षण तथा सिकाई हुनु पर्ने हुन्छ।

१। वास्तविक कामको संसारमा कामदारले के गर्न सक्षम हुन्छ? एउटा सिपालु कामदारले वास्तविक कामको संसारमा सम्पादन गर्नुपर्ने कार्यको लागि आवश्यक मापदण्ड (industry standard) कस्तो हुन्छ? के कुराले उक्त कार्य गर्न प्रेणित गर्छ (cue)? के–कस्ता ठेट समस्याहरू (typical problem) आउन सक्छन्? यस्ता प्रश्नहरू सम्वोधन हुने गरी विधि छनौट गर्नु पर्दछ।
२। तपाई यो कसरी गर्नुहुन्छ? चेकलिष्ट वा कार्य सम्पादन निर्देशिका हेर्दै गर्ने हो वा कसरी गर्ने हो? यदि चेकलिष्ट वा कार्य सम्पादन निर्देशिका तयार गर्न पर्ने भए तयार गर्नुपर्दछ। प्रायःप्रशिक्षणको क्रममा र सुरूका केही अभ्याससम्म चेकलिष्ट वा कार्य सम्पादन निर्देशिका हेर्दै अभ्यास गरिन्छ भने केही अभ्यास पछि नहेरी गर्न सक्ने हुनुपर्दछ। पछि मूल्यांकन गर्दा पनि उक्त चेकलिष्ट वा कार्य सम्पादन निर्देशिका र उत्पादन मूल्याङ्कन मापदण्ड हेरेर मूल्यांकन गर्ने गरिन्छ।
३। कार्य सम्पादन गर्न अन्य के–के ज्ञान, सीप तथा मनोवृत्ति आवश्यक पर्दछ? प्रत्येक कार्य सम्पादन गर्न सहायक हुने अन्य ज्ञान, सीप तथा मनोवृत्ति पठन(पाठनको लागि उपयुक्त विधि पहिचान गर्नु पर्दछ।
४। प्रशिक्षण सत्रको अन्तमा प्रशिक्षार्थीरविद्यार्थीले के गर्न सक्छ? यो प्रश्नको उत्तर खोज्दा के काम गर्ने हो (what), के संकेत पाए पछि उक्त कार्य गर्ने हो (cue), कस्तो अवस्थामा उक्त कार्य गर्ने हो (condition), कसले गर्ने हो (who), कति समयमा उक्त कार्य सम्पन्न गर्न पर्ने हो (within), कस्तो मापदण्ड आवश्यक पर्ने हो (how well ) अर्थात समग्रमा अन्तिम कार्य-सम्पादन उद्देश्य (Terminal Performance Objective) का छ वटा प्रश्नहरूको उत्तर तयार गरी प्रशिक्षार्थीहरूको अभ्यासमा जोड दिइन्छ।
५। सिकाईको लागि प्रशिक्षणले कसरी मद्दत गर्छर ?  यो प्रश्न अन्तर्गत ४ वटा सहायक प्रश्नहरू छ्न्रु
क। सिकारूले गर्ने कृयाकलापहरू तथा अनुभवहरूले के सहयोग गर्छ? जस्तैःस्वःअध्ययन, समूहःकार्य, स्वतन्त्र अभ्यास, गृहकार्य, घटना अध्ययन, अनुसन्धान आदि।
ख। कस्ता खाले शव्यदृष्य अथवा कामको लागि सहायक पुस्तिकाहरूले सिकाईलाई मद्दत गर्दछ? जस्तैः अडियो सामाग्री, भिडियो सामाग्री, हाते पुस्तिका, वालचार्ट, फ्लिपचार्ट आदि।
ग। शिक्षक–प्रशिक्षकको अध्यापनले सिकाईलाई के सहयोग गर्छ? जस्तैस् प्रवचन (lecture), शव्यदृष्य सहितको प्रवचन (illustrated talk), सीप प्रदर्शन (demonstration), पृष्ठपोषण (feed forward and  feedback) आदि।
घ। शैक्षिक सत्र वा तालीमको अवधि भित्र नै गरिने अन्य के-कस्ता अभ्यास, परियोजना वा समस्या समाधानहरूले सिकाईलाई मद्दत गर्दछ?
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको सन्दर्भमा उपर्युक्त पाँच प्रश्नहरू र पाँचौ प्रश्नको सहायक ४ प्रश्नहरूको विश्लेषण गर्दा कहाँ–कहाँ र कसरी वैकल्पिक पठन–पाठनका माध्यम उपयोग गर्न सकिन्छ भनेर भन्न सकिन्छ। जस्तै, एउटा प्रशिक्षकले माथि उल्लेखित प्रश्नहरूको उत्तर तयार गरिसकेपछि पाठ योजना निर्माण तथा सत्रको लागि तयारी गर्दछ। जुन–जुन कुराहरू आफूले गर्ने छ सो कुराहरू सजिलै अनलाईन वा अफलाईनका माध्यमबाट युट्युव, गुगल ड्राइभ जस्ता प्लेटफर्महरूमा अपलोड गरी वा सि.डि., पेनड्राइभ जस्ता स्टोरेज डिभाइसमा कपि गरी प्रशिक्षार्थीहरूको पहुँचमा पुर्याहउन सक्दछ। कतिपय विषयवस्तुहरू त आफूले निर्माण गर्न पनि पर्दैन युट्युव एजुकेशन जस्ता प्लेटफर्ममा खोजेपछि पाइन्छ।

निर्माण गर्न परे पनि कुनै पनि स्मार्टफोन प्रयोग गरेर सजिलै भिडियो बनाउन सकिन्छ। जुन सीप प्रदर्शन (Demonstration) पहिले सवै प्रशिक्षार्थीहरू सामु प्रशिक्षकद्वारा गर्ने गरिन्थ्यो सोही आफू एक्लै बसेर भिडियो तयार गरी अपलोड गर्न सकिन्छ।अथवा सहकर्मीले तयार गरी अपलोड गरेको भिडियो पनि प्रयोग गर्न सकिन्छ।यद्यपी, अनलाइन वा अफलाइन माध्यमहरूको उपयोग गर्दा सम्वन्धित निकायले तोकेको आचारसंहिता सहितको कार्यविधि भने पूर्णरुपमा पालना गर्नुपर्छ।

त्यसैगरी प्रशिक्षार्थीहरूले पनि कुनै सुरक्षाको दृष्टिकोणले सम्वेदनशिल रहेको कार्य बाहेक अन्य कार्यहरू प्रशिक्षकले गरेको सीप प्रदर्शनको भिडियो हेरेर आफै पनि अभ्यास गर्न सक्दछन् र आवश्यकता अनुसार प्रशिक्षकले पृष्ठपोषण दिने र प्रशिक्षार्थीहरूले आफूले नबुझेको कुराहरू स्काइप, जुम जस्ता प्लेटफर्म प्रयोग गरी छलफल गर्न सक्छन्।

यद्यपी प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमका प्रशिक्षार्थीहरू कार्यस्थल वा कामको संसारसँग सिकाईको समय देखिनै परिचित हुन पर्ने र कतिपय सिकाईहरू कार्यस्थलमै गएर गर्न पर्ने भएकोले दूरशिक्षाको माध्यमबाट उपयुक्त हुने विषयवस्तुहरू मात्र अनलाइन वा अफलाइनको माध्यमबाट पठन(पाठन तथा प्रशिक्षार्थीहरूको मूल्यांकन गर्ने र अन्य प्रयोगात्मक विषय जुन प्रशिक्षक वा सिपालु कामदारको प्रत्यक्ष मार्ग निर्देशनमा पठन(पाठन हुनु पर्नेहो सो को लागि आवश्यक सामाजिक दूरी कायम गरी पठन पाठन वा मूल्याङ्कन गर्ने तरिका अपनाउन सकिन्छ।

अबको बाटो

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्क अनुसार नेपालमा ६३ प्रतिशत जनसंख्याले इन्टरनेटको प्रयोग गर्ने र ९५।६२ प्रतिशत जनसंख्या मोवाइल टावरको पहुँचमा रहेका छन्। यो तथ्याङ्कले केही थप योजना जस्तै, पठन(पाठनको लागि निस्शुल्क इन्टरनेटको सुविधा दिने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्महरूसँग सहकार्य गरी उनीहरूले निर्माण गरेका शिक्षण सामाग्रीहरू शिक्षालयहरूलाई निस्शुल्क उपलब्ध गराउने वातावरण तयार गर्ने, प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने, पहुँच नपुगेका प्रशिक्षार्थीहरूको पहिचान गरी पहुँच पुर्यारउने जस्ता कार्यहरू तत्काल गर्न सके साधारण शिक्षामा मात्र नभई प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा पनि अन(लाइन पठनपाठन सवैको पहुँच सहित प्रभावकारी हुनेमा विश्वास लिन सकिन्छ।

( लेखक प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का निर्देशक हुनुहुन्छ)

प्रतिकृया