• १ असोज २०८३, बिहीबार
  • १ः४४ दिउँसो

मध्यपुर थिमि नगरपालिकामा अतिआवश्यक वस्तुको पसल बिहान नौ बजेसम्म मात्र खुल्ने

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०५:४३

भक्तपुर, मध्यपुर थिमि नगरपालिकामा खाद्यान्न, औषधी पसल तथा अतिआवश्यक वस्तुको पसल बिहान ९ बजेसम्म मात्र खुल्ने भएको छ । नगरपालिकाभित्र एक जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमण देखिएकाले नगरपालिकाले आजबाट खाद्यान्न, औषधी पसल तथा अतिआवश्यक वस्तुको पसल बिहान ९ बजेसम्म मात्र खोल्न दिने र अन्य व्यवसाय अर्को सूचना जारी नभएसम्म बन्द गर्ने निर्णय गरेको छ ।

National Life

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै नगरभित्र आफ्नो घर वा भाडामा बस्ने जिल्ला बाहिर गएको भए हाललाई फर्की आउन नदिने, आएका भए कोरोना परीक्षण नगराई प्रवेश नदिन घरधनीहरुलाई सचेत बनाउने, सो अनुसार नगरे घरधनीलाई कडा कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेर पठाउने जनाएको छ ।

यसैगरी, नगरपालिका क्षेत्र भित्र पर्ने अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो बाटो बाहेक अन्य भित्री बाटोमा सार्वजनिक आगागमन पूर्णरुपले निषेध गरिएको विज्ञप्तीमा जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया