• १ असोज २०८३, बिहीबार
  • ५ः२१ बेलुका

जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०६:२४

काठमाडौं, गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’

National Life

यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन् ।

प्रतिकृया