• २ असोज २०८३, शुक्रबार
  • ८ः०६ राती

उपत्यकामा लकडाउन खुकुलो, सवारी पास वितरण पनि खुकुलो पारियो

प्रकाशित मिति

२०७७ बैशाख २९ गते, सोमबार ०७:२९

 

National Life

काठमाडौं । सरकारले लकडाउन केही खुकुलो पारी वित्तीय संस्था, उद्योग कलकारखाना खुला गरेसँगै उपत्यकाभित्र सवारी पास वितरणमा पनि केही खुकुलो नीति ल्याइएको छ ।

यसअघि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट मात्र पास जारी हुने गरेकोमा अब सम्बन्धित मन्त्रालय तथा अन्य निकायका तोकिएका अधिकारीबाट समेत सवारी पास जारी गर्ने निर्णय भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा आज उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य, आपूर्ति तथा उपाभोक्ता हित संरक्षण विभाग तथा उद्योग विभागका प्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिसमेतको बैठकले सो निर्णय गरेको हो । गोरखापत्रबाट साभार

प्रतिकृया