• २ असोज २०८३, शुक्रबार
  • १२ः३८ दिउँसो

भारतले नेपालमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने

प्रकाशित मिति

२०७७ बैशाख २५ गते, बिहीबार ०६:५३

काठमाडौं । भारत सरकारले कोरोना भाइरसका नेपालमा रहेका आफ्नो देशका नागरिक र भारतमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन आवश्यक कदम उठाउने भएको छ।

National Life

कोरोना भाइरसका कारण नेपालमा अड्केका भारतीय नागरिकलाई बिहीबारपछि स्वदेश फर्काउने निर्णय सरकारले गरि मंगलबार भारतको सर्वोच्च अदालतलाई दिइएको हो।

सर्वोच्चका न्यायाधीश अशोक भूषणको नेतृत्वको इजलाससमक्ष प्रस्तुत हुँदै भारतका सोलिसिटर जनरल तुषार मेहताले त्योसँगै भारतमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आवश्यक सहयोग पुर्‍याइने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोच्चले सरकारका तर्फबाट दिइएको आश्वासनको पृष्ठभूमिमा कुनै आदेश दिनुनपर्ने बतायो। हाल उत्तराखण्डको पिथौरागढमा २१४ जना नेपालीहरु स्वदेश प्रवेश गर्न नपाई त्यत्तै अड्किएको जानकारी पनि अदालतलाई दिइएको थियो।

प्रतिकृया