• २१ भदौ २०८३, आइतबार
  • १०ः२१ बिहान

कोरोना जोखिमका आधारमा चारवटा रंगमा जिल्ला छुट्याईने

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०६:५०

काठमाडौँ, सरकारले वैशाख २५ गतेपछि लकडाउनको स्वरुप बदल्ने गरी तयारी गरिरहेको छ । जिल्लाहरुमा देखिएको जोखिमका आधारमा गाढा रातो, रातो, पहेँलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यही आधारमा क्रमशःअतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याउनेबारे छलफल चलिरहेको स्रोतले जनाएको छ ।

National Life

स्रोतका अनुसार आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यसका लागि आवश्यक रणनीति तयार गर्ने निर्णय गरेको छ । सरकारले तत्काललाई अन्तर्रा्ष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने पनि बुझिएको छ । मन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा सरकारले मोडालिटी तयार गरे पनि यसलाई निर्णय गर्न भने बाँकी रहेको बुझिएको छ ।

स्वास्थ्य मन्त्रालयको अतिउच्च र उच्चजोखिमलाई पूर्णतया लकडाउन गर्ने र सामान्य र न्यून जोखिमयुक्त जिल्लाहरुमा आंशिक रुपमा लकडाउन गर्ने प्रस्तावका आधारमा प्रधानमन्त्रीले यस्तो प्रस्ताव गर्नुभएको छ ।

Classic Tech Desktop

प्रतिकृया