• २१ भदौ २०८३, आइतबार
  • ४ः१२ बेलुका

मोबाइल बैंकिङ सेवाका लागि दुई बैंकबीच सम्झौता

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०४:०६

काठमाडौँ, सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाइल एपमार्फत मोबाइल बैंकिङ सेवा उपलब्ध गराउनेछ ।

National Life

सेञ्चुरी पेमार्फत ग्राहकले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर, बिजुलीको महसुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढी मर्चेन्टमा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ ।

यसैगरी सेञ्चुरी पेमा आफ्नो मोबाइलमार्फत आफैँ मोबाइल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोवार गर्न सकिनेछ । एफवान सफ्टले तयार गरेको यो मोबाइल एपमा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ । देशकै कान्छो वाणिज्य बैंकको रुपमा स्थापित सेञ्चुरी कमर्सियल बैंक ९सिसीबीएल०ले अत्याधुनिक किसिमको बैंकिङ सेवा दिँदै आएको छ । बैंकले ११३ शाखा, १० एक्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ८३ एटिएममार्फत सेवा दिँदै आएको छ ।

Classic Tech Desktop

प्रतिकृया