• २१ भदौ २०८३, आइतबार
  • ११ः५९ बिहान

उत्तर र दक्षिण कोरियाको सीमामा गोली हानाहान

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार १२:०१

एजेन्सी, उत्तर र दक्षिण कोरियाको सीमामा आइतबार बिहान गोली हानाहान भएको छ। दक्षिण कोरियाले स्थानीय समयअनुसार बिहान पौने ८ बजेतिर उत्तर कोरियाले आफ्ना सैन्य पोष्टहरूलाई लक्षित गरी गोली हानेको दाबी गरेको छ। जवाफमा दक्षिणले पनि गोली हानेको हो। गोली हानाहानमा कोही घाइते भने भएका छैनन्।

National Life

उत्तर कोरियाली नेता किम जोङ उन झन्डै तीन सातापछि सार्वजनिक भएको अर्को दिन उत्तरले दक्षिण कोरियातर्फ गोली हानेको हो। पछिल्लो समय उत्तर–दक्षिण कोरियाबीच तनावको वातावरण केही मत्थर भएको थियो।

राष्ट्रपति मुन जाइ इन आफैं सीमावर्ती गाउँमा पुगेर उत्तर कोरियाली नेता उनसँग भेटवार्ता गरेका थिए। उत्तरले आइतबार किन दक्षिणतर्फ गोली हान्यो भन्ने खुलिसकेको छैन।

Classic Tech Desktop

प्रतिकृया