• १९ भदौ २०८३, शुक्रबार
  • ७ः४३ बेलुका

कोरोना उपचारमा संलग्न चिकित्सकको मृत्यु भए ३० लाखको जीवन बिमा

प्रकाशित मिति

२०७७ बैशाख १७ गते, बुधबार ०८:०४

पोखरा । कोरोना संक्रसितको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीको मृत्यु भए गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। २०७७ साल लागेयता पहिलोपटक मंगलबार बसेको गण्डकी मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो।

संक्रमित भएका बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र प्रत्यक्ष काममा खटिने सफाइकर्मीका हकमा उक्त रुपैयाँको जीवन बिमा रकम सरकारले उपलब्ध गराउने छ।

Kamana Sewa

जीवन बिमा रकमसँगै सरकारले चिकित्सक लगायतलाई जोखिम भत्ता दिने निर्णय गरेको छ। सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहने गरी ५ सदस्यीय गण्डकी प्रदेश स्वास्थ्य बिमा संयोजन समिति मन्त्रिपरिषदले गठन गरेको छ ।अन्नपूर्ण पोष्ट्बाट साहाभार

Classic Tech Desktop

प्रतिकृया