• २ असोज २०८३, शुक्रबार
  • ११ः५० बिहान

रमजान आजबाट शुरु, मस्जिद सुनसान

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार ०६:३५

काठमाडौं, मुस्लिम धर्मावलम्बीको एक महिने कठोर रमजान व्रत आजबाट सुरु भएको छ । सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने व्रत शुरु गरेका हुन् । शनिबार काठमाडौंको घण्टाघरस्थित नेपाली जामे मस्जिद पनि सुनसान देखिन्थ्यो । मस्जिद भित्रै बस्ने केही धर्मगुरु र कर्मचारीहरुले कोरोनाका लागि अपनाइएको समाजिक दुरी कायम गर्दै नमाज आदा गरेका थिए ।

National Life

रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् । हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना शुरु भएपछि दिनभर निरहार उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ ।

हिजरी संवत् १४४१ को हो भने रमजान नवौं महिना हो । यो पर्वमा विहान सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई वर्त बस्ने प्रचलन रहेको छ । यस्तै रमजानमा मुसलमानको सबैभन्दा ठूलो धर्मग्रन्थ कुरान अवतरण भएको विश्वाससहित अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास पनि गरिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

रमदानमा मस्जिदमा सामूहिक नमाज (प्रार्थना) आदा (समर्पण) गर्ने परम्परा भएपनि यस वर्ष कोरोनाभाइरसको त्रासका कारण इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गर्दै छन् । कोरोना संक्रमणको रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको परिपालना गर्दै घरमै सबै विधि पूरा गरेर नमाज आदा गरिदै छ । जसका कारण रमजानमा सँधै भिडभाड हुने देशभर रहेका मस्जिदहरु अहिले सुनसान देखिन्छन् ।

प्रतिकृया