• १९ भदौ २०८३, शुक्रबार
  • ५ः५० बिहान

विश्वभर कोरोना भाइरसका कारण १ लाख ९५ हजार ६ सय जनाको मृत्यु, संक्रमितको संख्या २८ लाख नाघे

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार ०६:१०

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ । अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २८ लाख ५ हजार पुगेको हो ।

मृत्यु हुनेको संख्या पनि एक लाख ९५ हजार ६ सय पुगेको छ । भाइरसको कारण सबैभन्दा धेरै अमेरिकामा करिब ५२ हजार मानिसको मृत्यु भइसकेको छ भने इटालीमा २६ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २२ हजार ५ सयभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । फ्रान्समा पनि यो भाइरसबाट मृत्यु हुनेको संख्या २२ हजार २ सय नाघिसकेको छ ।

Kamana Sewa

अहिलेसम्म अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ६ हजार पुगेको छ । अमेरिका यो भाइरसको कारण सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो ।

Classic Tech Desktop

त्यस्तै स्पेनमा संक्रमितको संख्या २ लाख २० हजार नाघेको छ भने इटालीमा पनि एक लाख ९३ हजारभन्दा धेरै मानिसहरु यो भाइरसबाट प्रभावित बनिसकेका छन् । फ्रान्समा पनि भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ६० हजार नाघेको छ ।

विश्वभर अहिलेसम्म ७ लाख ७६ हजारभन्दा धेरै मानिस निको भएर घर फर्किसकेका छन् । जर्मनीमा सबैभन्दा धेरै १ लाख ६ हजारभन्दा बढी मानिस निको भएका छन् भने स्पेनमा ९२ हजार ४ सय तथा अमेरिकामा ९० हजार र चीनमा ७७ हजारभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् ।

भारतमा ७ सय ८० जनाको मृत्यु भएको छ भने २४ हजार ५ सय संक्रमित भएका छन् ।

प्रतिकृया