धनगढी–अत्तरिया ६ लेन सडकको निर्माण कार्य सुरु
प्रकाशित मिति
२०७७ बैशाख ११ गते, बिहीबार ११:२६
धनगढी । लकडाउनकैबीच स्थानीय प्रशासनले अनुमती दिएपछि मोहनापुल अत्तरिया ६ लेन सडकको निर्माण कार्य फेरी सुरु गरिएको छ।
मोहना पुल अत्तरिया ६ लेन सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले जिल्ला प्रशासन कार्यालयबाट निर्माणको अनुमती प्राप्त भएसंगै निर्माण फेरी सुरु गरिएको हो ।
उनका अनुसार स्थानीय प्रशासनले ५ गते सडक निर्माणका लागि अनुमती दिएपछि निर्माण व्यवसायीले काम सुरु गरेका हुन्। ‘कामदारहरुको दैनिक तापक्रम मापन गर्ने, छुट्टाछुट्टै राख्ने, कर्मचारी पनि सुरक्षीत भएर काम गरिरहेका छौँ। पूर्ण रुपमा सतर्कता अपनाउँदै काम भईरहेको बताएका छन ।
उनले लकडाउनको समयमा बजार क्षेत्रको सनसान हुदा कामलाई तिव्रता दिने तयारी भईरहेको बताए। उनका अनुसार अहिले सम्म ६ लेन सडकमा झण्डै ६० प्रतिशत मात्रै भौतिक प्रगती भएको छ। तीन प्याकेजमा निर्माण भईरहेकोमा पहिलो प्याकेजको निर्माण अवधी मंसिर ६ गते तथा दोस्रो प्याकेजको निर्माण अवधी माघ १५ गते सकिने छ।
ठेक्का सम्झौता अनुसार निर्माण सम्पन्न नभएपछि सडक निर्माणका लागि दुई पटक सम्म निर्माण अवधी थपिएको छ।







प्रतिकृया