• २१ भदौ २०८३, आइतबार
  • ४ः४१ बेलुका

हिरा लुट्ने पत्रकार सहित तीन प्रहरी पुर्पक्षका लागि जेल चलान

प्रकाशित मिति

२०७७ बैशाख ७ गते, आईतवार ०८:३३

काठमाडौं । हिरा लुटपाटमा संलग्न पत्रकार र तीनजना प्रहरीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला आदालत मकवानपुरले लुटपाटमा संलग्न रहेका ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने र एक जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

National Life

शुक्रबार जिल्ला न्यायाधीश दिल्लीराज श्रेष्ठको इजलाशले हिरा लुटपाटमा संलग्न पत्रकार र तीन प्रहरीलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको हो । घटनाका आरोपी पीडित धनलक्ष्मी गुरुङका ज्वाइँ अमृत थिङलाई भने २५ हजार धरौटी लिएर छाड्ने आदेश दिइएको छ ।

मकवानपुरको कैलाश गाउँपालिका ५ चौकीटारी धनलक्ष्मी गुरुङको हिरा लुटेको आरोपमा पालुङ प्रहरीले पत्रकार सुजन आचार्य सहित अन्य तीन प्रहरीलाई चैत ९ गते पक्राउ गरेको थियो । ललितपुरको भैंसेपाटी बस्ने १९ वर्षीय पत्रकार सुजन आचार्य, वीरेन्द्रनगर १२ सुर्खेत घर भएका नेपाल प्रहरीका असई २६ वर्षीय सुरेन्द्र बहादुर बसेल, शिवालय २ जाजरकोट घर भएका नेपाल प्रहरीका जवान २७ वर्षीय वीरबहादुर बस्नेत र सिजुवा १, दाङ घर भएका २८ वर्षीय प्रहरी जवान हिमकान्त पुन मगरलाई इलाका प्रहरी कार्यालय पालुङका इन्सपेक्टर विकास तामाङ नेतृत्वको प्रहरीले चैत ७ गते हिरा लुटी भाग्दै गर्दा पक्राउ गरेको थियो ।

Classic Tech Desktop

प्रहरीले उनीहरुबाट एक थान हिरा, गोली लोड गरिएको अवस्थामा प्रहरीकै पेस्तोल एक थान, चार थान सञ्चार सेट, दुई थान मेटल डिटेक्टर, एक थान क्यामेरा, एक थान ल्यापटप र ७ थान मोबाइल बरामद गरेको थियो ।

प्रतिकृया