• २० भदौ २०८३, शनिबार
  • ३ः३४ दिउँसो

सभापति देउवाको कडा निर्देशन: कांग्रेसी मेयर भातृ संस्थाले पैदल यात्रीलाई गाँस र बास दिनू !

प्रकाशित मिति

२०७७ बैशाख ६ गते, शनिबार ०५:२१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको महामारीका बेला पैदल यात्रामा निस्किएका नेपालीलाई गाँस र बासको व्यवस्था मिलाउन देशभरका सबै कांग्रेसबाट निर्वाचित पालिका प्रमुख (मेयर) हरूलाई निर्देशन दिएका छन् ।

National Life

सामाजिक सञ्जाल ट्विटर आलमा ट्विट गर्दै देउवाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले समस्यामा परेका नागरिकको समस्या समाधान गर्न नसकेको भन्दै कांग्रेसबाट निर्वाचित मेयरहरूलाई निर्देशन दिएका हुन् ।

सभापति देउवाले भनेका छन्, ‘लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिँडेर घर गइरहेका नागरिकहरूलाई नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा शुभेच्छुक संस्थाका साथीहरूले सामाजिक दूरी कायम गरी आ–आफ्नो क्षेत्रमा खाना र राति भए बासको प्रबन्ध मिलाउन आग्रह गर्दछु ।’ भन्दै ट्विट गरेका छन्

Classic Tech Desktop

सरकारले पैदल यात्रामा निस्किएका नागरिकलाई गन्तव्यमा नपुर्‍याएको र सरकार भएको अनुभूति नगराएको भन्दै आलोचना भइरहेको छ ।

प्रतिकृया