• २२ भदौ २०८३, सोमबार
  • ११ः३४ राती

बाजुराबाट हेलिकोप्टर मार्फत उद्धार गरिएका बालकको नेपालगञ्जमा मृत्यु

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार १०:४६

बाजुरा । बाजुराबाट हेलिकोप्टर मार्फत उद्धार गरिएका बालकको नेपालगञ्जमा मृत्यु भएको छ ।

National Life

बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका अवस्थामा लडेर घाइते भएका बालकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ।

मंगलबार घरको आँगनमा खेलिरहेका अवस्थामा घाइते भएका महेश कार्कीका पाँच वर्षीय छोरा खगेन्द्रको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

आईसियुमा उपचाररत बालकको बुधवार साँझ नै मृत्यु भएको हो।

प्रतिकृया