• २२ भदौ २०८३, सोमबार
  • ११ः२२ राती

महामारी रोगको बीमा गर्ने बीमा कम्पनीहरुको तयारीमा

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार १०:३९

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कभरेजको लागि निर्जीवन बीमा कम्पनीहरूले छलफल शुरु गरेका छन् । कोभिडको प्रकोप बढ्दै जाँदा निर्जीवन बीमा मार्फत स्वास्थ्य बिमा गर्दै आएका कम्पनीले स्वास्थ्य बीमा पोलिसी मै यसलाई समेट्ने कि छुट्टै पोलिसी बनाउने भन्ने छलफलमा कम्पनीका प्रमुखहरू जुटेका छन्।

National Life

नेपालको बीमा बजारमा अहिलेसम्म महामारी रोगको बीमा नभएकाले यस्ता रोगको पनि पोलिसी बनाउनु पर्दो रहेछ भनी छलफलमा जुटेको सगरमाथा इन्स्योरन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चङ्खे क्षेत्रीले बताए । ‘ महामारी रोगको बीमा पोलिसी नभएको भन्दै उनले भने ‘अब यस्ता महामारीलाई पनि समेट्ने गरी पोलिसी बनाउने कि स्वास्थ्य बीमामा नै समेट्ने भन्ने विषयमा बीमा कम्पनीबीच छलफल भइरहेको बताएको छन् ।

बाहिरी देशहरूले यस्तो महामारीको पोलिसी ल्याएका छन् । बैंकक, सिंगापुर लगायतका देशले नयाँ पोलिसी नै ल्याएका छन् । उनीहरूले दीर्घकालीन रुपमै कभरेज गर्ने गरी पोलिसी बनाएका हुन् । भारतका पनि केही बीमा कम्पनीले स्वास्थ्य बीमामा नै जोडेर कोभिड–१९ कभरेज गर्न थालेका हुन् । भारतले थोरै प्रिमियम लिएर स्वास्थ्य बीमाअन्तर्गत नै यो क्षतिपूर्ति दिने व्यवस्था मिलाएका छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली निर्जीवन बीमा कम्पनीहरूले पनि यस्ता रोगलाई कसरी बीमा पोलिसीमा समायोजन गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन्,’ उनले थपे ‘थोरै प्रिमियम लिएर यस्तो महामारी कभरेज गर्न सकिन्छ भन्ने सोचको विकास पनि भएको छ ।’ ‘सम्भव भएसम्म हामीले भारतमा जस्तै हजाररबाह्र सयसम्म प्रिमियमा लिएर ५० हजार रुपैयाँसम्म कभरेज गर्ने हाम्रो योजना हो । नम्बर अफ पोसिसी छन् । सबैभन्दा पहिला त यसको टार्गेट निर्धारण र यसबाट हुन सक्ने नोक्सानको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ । यस्तो पोलिसीको लागि बीमा कम्पनीहरूले बीमांकीय मूल्यांकनकर्ता (एक्चुरी) सँग पनि सल्लाह लिइरहेका छन् ।

महामारीको यस विषयलाई कसरी कभरेज गर्ने भनेर पुर्नबीमा कम्पनीसँग कुरा भइरहेको एनएलजी इन्स्योरन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लव पन्तले बताए । ‘अहिलेको अवस्थामा स्वास्थ्य बीमाले यस्ता महामारीलाई समेट्छ, समेट्दै त्यो पनि हेर्दै छौं,’ उनले भने ‘छैन, भने यसलाई कसरी कभरेज गर्नुपर्छ र के के गर्नुपर्छ ? यसको प्रावधान के हो भनेर बुझ्न लागिरहेका छौं ।’

इस्योरेन्स कम्पनीहरूका बीचमा पनि एक आपसमा छलफल भइरहेको छ । भविष्यमा यस्तो महामारीको कभरेज कसरी गर्न सकिन्छ भनेर हामी छलफलमा जुटेका छौं,’ उनले भने ‘यो सामान्य भएपछि फेरि पनि यस्तो अवस्था आउन सक्छ भनेर सबै इस्योरेन्स कम्पनीहरूले काम गरिरहेको उनले बताए ।

विश्वभरी महामारीका रुपमा फैलिएको कोभिड–१९ रोगको कभरेजका लागि नेपालमा जारी भएका स्वास्थ्य बीमा पोलिसिहरूले नै कभरेज गर्ने लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान बताए । ‘हाल जारी भएका स्वास्थ्य बीमा पोलिसीले १ लाखदेखि ३ लाखसम्मको मेडिकल बीमा कभरेज गर्छ,’ उनले भने ‘पोलिसीले व्यवस्था गरे अनुसारको प्रक्रिया पुरा गर्ने बीमितलाई हामीले क्षतिपूर्ति भुक्तानी गर्ने छौं ।’

कोभिड–१९ को लागि अहिले लाग्ने सबै औषधोपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था गरिएको एभरेष्ट इन्स्योरेन्सका डेपुटी सीईओ पवन थापाले बताए । ‘मेरो बुझाइमा महामारी हाम्रा लागि नयाँ भएकोले स्वास्थ्य बीमा पोलिसीले नै यसलाई समेट्छ भन्ने मेरो बुझाइ हो,’ उनले भने ।

आम ग्राहकबाट माग आएमा कम्पनीले यस्तो खालको बीमा पोलिसी बनाउँछन्,’ उनले थपे ‘सबैभन्दा पहिला त माग हुनुपर्र्छ ।’ विदेशतिर त चट्ट स्वास्थ्य बीमा गर्ने, बीमाको कार्ड लिने, डिजिटल भुक्तानी गर्ने व्यवस्था भएकोले त्यहाँ बीमा गर्ने मान्छे धेरै हुने अध्यक्ष चापागाईँले बताए । हामी कहाँ स्वास्थ्य बीमा गर्ने मान्छे नै एकदम कम छन्,’ उनले भने ‘बीमा कम्पनीहरूले पोलिसी बनाएर ल्याएमा हामीले त्यसको प्रभावकारिता बुझेर प्रमाणिकरण गर्ने हो ।’

प्रतिकृया