गुण्डुमा गरिएको रक्तदानमा ४९ जना द्वारा रक्तदान
प्रकाशित मिति
२०७७ बैशाख २ गते, मंगलवार ०२:५८
भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ (गुण्डू) को संयोजन र नेपाल रेड्क्रस सोसाइटी गुण्डू उपशाखाका आयोजना तथा किवाचोक युवा कल्वको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ४९ जना रक्तदाताले रक्तदान गरेका छन् । मंगलवार सूर्यविनायक नगरपालिका वडा नं.७ (गुण्डू) को पुरानो बसपार्कमा भएको रक्तदान कार्यक्रममा ४९जनाले रक्तदान गरेका हुन् ।
सरकारले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन नदिन गरेको लकडाउनबाट सबै क्षेत्र प्रभावित हुँदा रगतको अभावको पूर्ति गर्नका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदाना गर्ने सबै रक्तदातालाई धन्यवाद प्रकट गर्दै सूर्यविनायक नगरपालिका वडा नं.७ का वडाध्यक्ष रबिन्द्र सापकोटले रगतको अभाव हुन नदिनका लागि गरिएको घुम्ति रक्तदान कार्यक्रममा अर्को हप्ता पुन अर्को स्थानमा आयोजना गरिने जानकारी दिनुभयो ।

रक्तदान गर्नेक्रममा सामाजिक दुरी कायम गरिएको, साबनु पानीले हात धुने व्यवस्था गरिएको र स्यानिटाइजरको प्रयोग गर्ने लगायतका सुरक्षाको उपाय अपनाइएको थियो ।




प्रतिकृया